तराईका केही ठाउँमा अहिले हुस्सु र कुहिरो

मेरो प्रदेश सम्वाददाता
तराईका केही ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएर अरु ठाउँको मौसम सफा रहेको छ ।
आजदेखि मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोदेखि तराईमा लागेको हुस्सु र कुहिरो पनि दिउँसो हट्ने मौसमविद् शाक्यको
भनाई छ ।
आज उच्च पहाडी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको भएपनि त्यस क्षेत्रको मौसम पनि दिउँसोपछि सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।्
दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र बाँकी प्रदेशको मौसम सफा रहने छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएका छ ।