रौतहटमा ट्र्याक्टर दुर्घटना , एक वृद्धाको मृत्यु , ७ जना घाइते



मेरो प्रदेश सम्वददाता


ट्र्याक्टर दुर्घटनामा परी रौतहटमा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चन्द्रपुर–९ को ६५ वर्षीया कलावती चौधरी रहेको प्रहरीले जनाएको छ ।
बिहीबार संग्रामपुरबाट मोथियाही गाउँमा आउँदै गरेको ना ७ त १३२५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको र ७ जना महिला घाइते भएका छन् ।
दुर्घटनामा घाइते ७ जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको डीएसपी लिलाराज लामीछानेले जानकारी दिनुभयो ।
चालक फरार छन् र फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button