बुहारीको हत्या गरी फरार भएका एक व्यक्ति महोत्तरीबाट पक्राउ



मेरो प्रदेश सम्वाददाता


बुहारीको हत्या गरी फरार भएका एक व्यक्ति महोत्तरीबाट पक्राउ परेका छन् ।

बुहारी हत्याको अभियोगमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय भएका व्यक्ति

१४ वर्षपछि पक्राउ परेका हो ।

पक्राउ पर्नेमा महोत्तरीको महदैया तपनपुर बस्ने शंकर सहनी रहेको प्रहरीले जनाएको छ ।

उनले छोरा राजु सहनीकी पत्नी विना देवी सहनीलाई घरायसी विवादका कारण घाँटी थिचेर हत्या गरेको अभियोगमा अदालतले कैद सुनाए पछि फरार भएका थिए ।

महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टका अनुसार  सहनीलाई लोहारपट्टी नगरपालिका ३ महदैया बाट पक्राउ गरेको र अदालतमा पेस गरिएको छ ।

२०६४ साल भदौ १३ गते ससुरा शंकर सहनी, सासु चन्दर देवी, देवर राजकुमार सहनी, छिमेकी बली साह र शंकर साह मिलेर विनाको हत्या गरेको र कैद सुनाए पछि फरार भएका थिए ।

अदालतबाट कैद सुनाइएकाहरु मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । अन्य फरारै रहेका छन् ।

छिमेकी बलीको मृत्यु भइसकेको छ ।

 शंकरलाई गत माघ १८ गते पक्राउ परेकोे छ ।

अदालतले ससुरा शंकर, ससुरा चन्दर देवी, छिमेकी शंकर साहलाई २० ,२० वर्ष कैद र मृतकको देवरलाई १५ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाए सुनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button