डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा सालिक निर्माणको शिलान्यास

मेरो प्रदेश सम्वाददाता
सर्लाहीमा बिहिवार नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको सालिक निर्माणको शिलान्यास भएको छ ।
डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा सालिक निर्माणको शिलान्यास भएको हो ।
सर्लाहीको मूर्तिया चोकमा स्व. नेता वाग्लेको सालिकको शिलान्यास नेकपाका प्रचण्ड नेपाल केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा गर्नुभएको हो ।
डाचाराज वाग्लेको शंकास्पद मृत्यु घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने नेता प्रचण्ड र नेपालको माग छ ।
नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले वाग्लेको मृत्यु घटना शंकास्पद रहेको बताएका छन् ।
नेता वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतन्त्र र तानाशाही प्रतीगमनको बिरोधमा आन्दोलन गर्ने क्रममा वाग्लेको शंकास्पद मृत्यु भएकाले उच्चस्तरीय छानबिन गर्नु पर्ने उहाँहरुको माग छ ।
गत माघ २१ गते सर्लाहीको बरहथवा नगरपालिकामा नेकपाले आयोजना गरेको मसाल जुलुस सम्पन्न गरि बागमती फर्किने क्रममा वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्युु भएको थियो ।