रौतहटमा विदेशी घडी सहित एक जना पक्राउ



मेरो प्रदेश सम्वाददाता


रौतहटमा  विदेशी घडी सहित एक जना पक्राउ परेको छ ।

२५ लाख मूल्य बराबरको घडीसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

गौर नगरपालिका ५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई पक्राउ गरेको हो ।

ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा सवार भारतबाट नेपाल आउने क्रममा खानको साथबाट १४ थान घडी बरामद भएको सशस्त्र प्रहरीले बताए ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वाटर गौरका डीएसपी प्रमोद भारतीका अनुसार

ईशनाथ नगरपालिका ४ बाट गस्तीमा खटेको बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा गएको टोलीले खानलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button