महोत्तरीमा बालकले चलाएको ट्याक्टरले किच्दा बालकको मृत्यु,



मेरो प्रदेश सम्वाददाता
महोत्तरीमा बालकले चलाएको ट्याक्टरले किच्दा ८ वर्षीय बालकको मृत्यु भएको छ ।
सरस्वती माताको मूर्ति सेलाउन गएको ट्याक्टर १४ वर्षीय बालकले चलाएका थिए । त्यहि ट्याक्टरले किच्दा ८ वर्षीय बालकको ज्यान गएको हो ।
ज्यान जानेमा बलवा नगरपालिका वडा नम्बर–८ बनौटाका कैलाश यादवका छोरा शिवमकुमार यादवको रहेको महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले बताउनु भयो ।
ट्याक्टर पछाडी ब्याक गर्न लाग्दा यादव पछाडि थिए र चालकले नदेखे पछि किचिएर मृत्यु भएको प्रहरी उपरीक्षक केसीले जनाएको छ ।
दुर्घटना पश्चात प्रादेशिक अस्पतालमा बालकलाई पठाइएकोमा अस्पतालले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button