प्रदेश २ का प्रत्येक निवार्चन क्षेत्रमा कम्तीमा ५ किलोमिटर कालोपत्रे हुँदै



मेरो प्रदेश सम्वाददाता


प्रदेश २ मा ३ सय २० किलोमिटर कालोपत्रे  भइरहेको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताएका छन् ।

प्रत्येक निर्वाचन क्षेत्रमा  कम्तीमा ५ किलोमिटर पक्की सडक निर्माणको योजना अन्तर्गत

३ सय २० किलोमिटर कालोपत्रे  भइरहेको भौतिक पूर्वाधार विकासमन्त्री सोनलले बताएका हुन  ।

‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत कालोपत्रे  भइरहेको हो ।

प्रदेश २ का ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा सडक निर्माणको कार्ययोजना चलिरहेको भौतिक पूर्वाधार विकासमन्त्री सोनलको भनाई छ  ।

 शनिबार प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सोनलले यस्तो बताएका हुन् ।

७५ किलोमिटर ढलान सडक,  जसमध्ये ५१ किलोमिटर कालोपत्रे, १७० किलोमिटर ग्राभेल र ६० किलोमिटर नयाँ बाटो खोल्ने गरी निर्माण गरिएको हो  ।

प्रदेशभित्र सडक निर्माण, सिँचाइ, खानेपानी, भौतिक संरचना निर्माण लगायतको क्षेत्रमा आफ्नो मन्त्रालयले व्यापक रुपमा काम गरेको मन्त्री सोनलले दाबी गरे ।

कोरोना महामारीका कारण आशा गरे अनुरुप कार्य गर्न नसके पनि उपलब्ध स्रोत साधनलाई समुचित प्रयोग गरिएको मन्त्री सोनले बताए ।

मन्त्रालयको प्रगति विवरणका अनुसार गत आर्थिक वर्षमा प्रदेश भित्र २६ वटा धर्मशाला निर्माण, ८ वटै जिल्लामा गरी ९ वटा दलित छात्रावास निर्माण ८ वटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको छ ।

सिँचाई तर्फ चालु आर्थिक वर्षमा ५ हजार ४३० हेक्टर थप जग्गा सिँचित गरिएको प्रगति विवरणमा उल्लेख छ ।

मन्त्री सोनलले ८ वटै जिल्लामा मझौला सिँचाइ योजना कार्यान्वयनमा ल्याइने बताए । प्रत्येक जिल्लामा ४ सय हेक्टर जग्गा लाभान्वित हुने गरी ३र४ वटा मझौला सिँचाइ योजना सञ्चालनमा ल्याइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button