महोत्तरीको भंगहा नगरपालिकामा संचालित ३ वटै एम्वुलेन्स चालक आफ्नो पारिश्रमिक प्रति असंतुष्ट



मेरो प्रदेश सम्वाददाता
महोत्तरीको भंगहा नगरपालिकामा संचालित ३ वटै एम्वुलेन्स चालक आफ्नो पारिश्रमिक प्रति असंतुष्टी जनाएका छन् । अन्दाजी ४ ,५ महिना एम्वुलेन्स चलाएपछि पारिश्रमिक तोकिदा तलवमा आफु संतुष्ट नरहको े एम्वुलेन्स चालकहरुले बताएका छन् । भंगहा नगरपालिका ४ रामनगर बिर्ताका चालक विरेन्द्र महतोले महिनौ पछि तोकिएको तलव मासिक ५ हजार रुपैया र चालक भत्ता १५ प्रतिशत भत्ताले संतुष्ट नरहेको र सांचो नगरपालिका कार्यालएमा जिम्मा लगाएर घरैमा बसेको बताएका छन् ।
त्यसै गरी अर्का चालक संतोष महतो पनि तलव भत्ता प्रति असंतुष्टी जनाउदै आफुले पनि सांचो नगरपालिका कार्यालयमा जिम्मा लगाएको र आकस्मीक सेवामा मात्र एम्वुलेन्स चलाएर सेवा दिइरहेको बताउ छन् ।
त्यस्तै अर्का चालक रामईश्वर ठाकुर सहमती पेपरमा हस्ताक्षर गरेपनि तलव प्रति सन्तुष्ट नरहेको बताएकाछन् ।


आफुले तलव भत्ताको सहमति पेपर नहेरी हस्ताक्षर गरेको र तलव ५ हजार मात्र भएको थाहा पाउँदा दुःख लागेको बताउँछन् ।
पछि ५ नं. वडाका सचिव गणेश चौधरीले १० हजार तलव दिने भने पछि आफुले एम्वुलेन्स चलाउन थालेको बताएका छन् ।
आफुले एम्वुलेन्स चलाए पनि आफुलाई उचित खाने बस्ने व्यवस्था नभएको गनासो गरे ।
चालक संतोष महतो र रामईश्वर ठाकुरले भने एम्वुलेन्स संचालनमा रहेको वताए ।
चालक नभएपछि आकस्मीक विरामी लिएर जानु पर्दा नगरपालिकाकै ट्रयाक्टर चालक राजेस कापरले कहिले काँहि विरामी लिएर जानेगरेको उनको भनाई छ ।
ट्रयाक्टर चालकले एम्वुलेन्स चलाउँदा दुर्घट्नाको जोखिम पनि उतिकै छ ।
असंतुष्ट चालकहरुले अफुहरुको तलव अत्यन्त न्युन भएको र तलवमा लगरपालिकाले विचार गर्नु पर्ने माग गरेको छ ।
कम्तीमा १५ देखि २० हजार तलव हुनुपर्ने र ५ देखि १० प्रतिशतसम्म भत्ता हुनुपर्ने उनिहरुको माग छ ।
तीन वटा एम्वुलेन्स भएपनि एउटा मात्र संचालनमा रहेको र दुई वटा नियमित संचालन हुन नसकेको स्थानियको गुनासो छ ।
यस सम्बन्धमा नगरपालिकाका मेअर संजिव कुमार शाहलाई सोध्दा नगरपालिकाको सवै एम्वुलेन्स संचालनमै रहेको मेअर शाहले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button