महोत्तरीबाट चारजना डाका पक्राउ



मेरो प्रदेश सम्वाददाता


महोत्तरीको भंगहामा सुनचाँदी पसलबाट डकैती गरेर भाग्दै गरेका चार जना डाँकालाई प्रहरीलेपक्रउ गरेको छ ।

बुधवार भंगहा नगरपालिका सिंग्याही बजारमा रहेको शिव ज्वेलर्समा डाँका हालेर भाग्ने क्रममा स्थानीयले एकजनालाई ै पक्राउ गरेका भने तीन जनालाई बुधवार बनौटा गाउँबाट पक्राउ गरिएको प्रहरलिे जनाएको छ ।

पक्राउ परेका चारमाथि शिव ज्वेलर्सबाट दुई लाख बराबरको सुनचाँदीका गहना लुटेर आरोप े छ ।

बलवा नगरपालिका वडा नम्बर ७ बस्न ३८ वर्षीय विक्रु महतो कोइरी ,े २५ वर्षीय निरेखन मण्डल, जलेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने २० वर्षीय जीतेन्द्र ठाकुर र महोत्तरी गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय दिलीप मण्डललाई प्रहरीले पक्राउ गरेको  जनाएको छ ।

अभियुक्तबाट अहिलेसम्म कुनै वस्तु बरामद नभएको प्रहरीको वनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button