धनुषामा आइतवार प्रधानमन्त्री केपी शर्माको पुत्ला दहन



मेरो प्रदेश सम्वाददाता
जनता समाज पाटी नेपाल(जसपा) ले धनुषामा आइतवार प्रधानमन्त्री केपी शर्माको पुत्ला दहन गरेको छ ।
आइतवार जनकपुरधामको जनकचौक मा जसपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन ।
जसपाको पुर्व निर्धारित घोषित विरोधको कार्यक्रम अन्तर्गत प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जसपाले जनाएको छ ।
संसद् विघटन विरुद्ध जसपाले विभिन्न नारा सहित पुत्ला दहन गरी प्रदर्शन गरेका हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाकारी ढंगले सांसद् विघटन गरेर देशलाई संकट तर्फ धकेलेको जसपाको आरोप छ ।
जनकपुरधामको जनकचौकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्काे नाराबाजी भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button