महोत्तरीमा ट्याक्टर दुर्घट्ना एक महिलाको मृत्यु,



मेरो प्रदेश सम्वाददाता , मंसीर १३ गते ।


महोत्तरीेमा भएको ट्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु भएको छ   ।

अन्य चारजना घाइते भएका छन् ।

महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डमा शुक्रबार साँझ ट्याक्टर दुर्घटनामा परेको  हो ।

दुर्घटनामा एक महिलाको मात्र मृत्यु भएको र अन्य चारजना महिला घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा  भारत बिहार सीतामढी ग्रामपञ्चायत लालबन्दी दरबार ३ बस्ने ५० वर्षीया महरिया देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत पूर्वबाट सम्सी तर्फ जाँदै गरेको ना ४ त ८५७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकमै पल्टेर दुर्घटना भएको प्रहरीचौकी पोखरभिण्डाले जनाएको छ ।

घाइतेहुनेहरुमा सोही ट्याक्टरमा सवार भारत बिहार सीतामढी ग्रामपञ्चायत लालबन्दी दरबार ३ कै ४५ वर्षीया लक्ष्मीनिया देवी पण्डित, वर्ष १२ की खुसवु कुमारी पण्डित, वर्ष २८ की अमृता देवी पण्डित र सर्लाही कविलासी गाउँपालिका ४ बस्ने वर्ष ३५ की लालो देवी पण्डित घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button