ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा महोत्तरीका मोटरसाइकल चालकको ज्यान गयो

मेरो प्रदेश सम्वाददाता मंसिर ११ गते ।
सर्लाहीको सागरनाथ जंगलमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा महोत्तरीका मोटरसाइकल चालकको ज्यान गयो गएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित सागरनाथ जंगलमा रोकीराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा महोत्तरीको माईस्थान ३ का ३८ वर्षीय सुक्रबहादुर मोक्तानको ज्यान गएको हो ।
दुर्घटना हिजो साँझ सबा ६ बजेतिर भएको थियो ।
ईश्वरपुर नगरपालिका ५ स्थित सागरनाथमा रोकीराखेको ज १ त ३४९० नम्वरको काठ लोड भएको ट्याक्टरमा मोक्तानले चलाएको बा ८९ प ८८३८ नम्वरको मोटरसाइकलमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाईते हुनु भएका मोक्तानलाई उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी फूलजोरले जानकारी दिएको छ ।