महोत्तरीको बर्दिवास सेवा समितीद्वारा ज्यान गुमाएका न्यौपाने र हत्या भएका बालिका खातुनको घट्नाका दोषीलाई कडाकारवाहीको माग

राधा कृष्ण शर्मा , बर्दिवास महोत्तरी , मंसिर १० गते ।
महोत्तरीको बर्दिवास सेवा समितीले आन्दोलनमा ज्यान गुमाएका बुद्वीराज न्यौपाने (संजय )र हत्या भएका बालिका गुलावशा खातुनको आत्मचिरशान्तीको कामना गर्दै घट्नाका दोषीलाई कडाकारवाहीको माग गरेको छ ।
समितीले आज एक प्रेस विज्ञप्ती जारी गरी बलात्कारी तथा हत्याआरोपी अरुण कुमार शाहलाई हदै सम्मको कारवाही , आन्दोलनमा सिधै गोली हान्न आदेश दिने इलाका प्रहरी कार्यालयका प्रमुख डि एस पी राजन चापागाईँको अभिलम्व निलम्वन ,आन्दोलनमा घाइते भएका सम्पुर्ण घाइते हरुको राज्य द्वारा निःशुल्क उपचार ,मृतकका परिवारहरुलाई उचित क्षेती पुर्ती व्यवस्था तथा यस घटनाका सम्पुर्ण मतियारहरुलाई कानुन अनुसार कारवाहिको नेपाल सरकार सँग जोरदार माग गर्दछौँ भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
समितीले ज्यान गुमाएका न्यौपाने र हत्या भएका बालिका खातुनको आत्मचिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवार प्रति संवेदना प्रकट गरी , ईश्वरले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भन्दै , आन्दोलनमा घाईते हुनुभएका सबैमा सिघ्र स्वस्थ्यलाभको कामना गरेको छ ।