महोत्तरीमा भएको झडपमा प्रहरी सहित तीनजना नेकपा नेता घाइते,



मेरो प्रदेश सम्वाददाता , कार्तिक १४ गते


महोत्तरीमा नेपाल कमयुनिष्ट पार्टी नेकपा का नेतामाथि आक्रमण भएको छ ।
आक्रमणमा परी दुई जना गम्भीर घाइते भए पनि अहिलेसम्म कार्वाहीको प्रक्रिया अगाडि बढेको छैन।

आक्रमणमा पर्रि ४८ वर्षीय जितेन्द्र चौधरी तथा मटिहानी– ७ का ५३ वर्षिय गणेश प्रसाद साह र पछिल्लो प्रतिनिधिसभाका निर्वाचनमा नेकपा प्रत्यासी रहेका मटिहानी– ८ का ५७ वर्षीय विजय चौधरी घाइते भएका हुन् ।
काठमाडौँस्थित ट्रमा सेन्टरमा उनी दुबैजनाको उपचार भइरहेको छ ।
नेता चौधरी हाल डिस्चार्ज भइसकेपनि जितेन्द्र र गणेशको अवस्था गम्भीर रहेको बताइएको छ ।
कात्तिक १० गते राति मटिहानी–७ मा दुई पक्षबीच विवाद भएको थियो।
नगर प्रमुख मण्डल पक्षधर तथा मटिहानीकै केही स्थानीयहरुको समूह एउटा रेष्टूराँमा बसेका बेला दुई पक्षबीच विवाद भएको थियो।
उनीहरुबीच नगरपालिकाका कामकारवाहीको विषयलाई लिएर विवाद भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार विवादले उग्र रुप लिन थालेपछि घटनालाई साम्य पार्न प्रहरीको टोली पुगेको थियो । तर, प्रहरीको टोलीमाथि नै हातपात भएपछि प्रहरीले लाठी चार्ज गरेर दुबैपक्षलाई तितरवितर पारेकोे थियो।

लाठीचार्जबाट दुबै पक्षका केही व्यक्ति घाइते भए पनि यसबारे प्रहरीले केहि थाहा नभएको बताएका छन् ।

विजय चौधरीको अनुसार नगरप्रमुख मण्डल पक्ष र अर्को गुटबीच राति करिब ९ बजे विवाद भएको थियो ।

नगर प्रमुख सहितको ठूलो समूह गाडीबाट आएर एकाएक गालामा थप्पड हानेको र त्यसपछि शैलेन्द्र मण्डल भन्ने व्यक्तिले आफ्नो घाँटीमा छुरा प्रहार गरेको चौधरीको भनाइ छ । उनी भन्छन्, ‘तर छुरा घाँटीको छेउमा मात्रै लागेकोले म बाच्न सफल भए ।
अन्य दुई घाइतेकोे शरीरका विभिन्न भागमा छुरा प्रहार भएकोले उनीहरुको अवस्था चिन्ताजनक रहेकोे चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button