बलात्कारका घटना बढेपछि अपराधीलाई मृत्युदण्ड दिनुपर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको भनाई



मेरो प्रदेश सम्वाददाता
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बलात्कारका घटना बढेपछि अपराधीलाई मृत्युदण्ड दिनुपर्ने बताउनु भएको छ ।
उनी संविधान संशोधन गरेर बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने बताउँभएको हो ।
प्रदेश सरकारले अधिकार नपाएका कारणले पनि अपराधीहरुलाई कडा सजायँ गर्न नसकिएको मुख्यमन्त्री राउतले बताउनु भएको छ ।
‘मानवमा पाशविक प्रवृत्ति अत्यधिक बढेको छ । यसबारे बेलैमा नसोचिए हाम्रा छोरीचेलीहरु अझै बलात्कृत हुन सक्ने अवस्था आउन लागेको छ । यसबारे गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ उहाँले औँल्याउनु भयो ।
कडा किसिमको सजायँ भएमात्रै बलात्कारका घटना कम हुने बताउँदै मुख्यमन्त्री राउतले बलात्कारी वा बलात्कारपछि हत्या गर्नेलाई मार्नैपर्छ । अन्यथा, बलात्कारका घटना भइरहने जिक्कीर गर्नु भयो ।
अहिलेको अवस्थामा अपराधीहरु जसरी उन्मुक्ति पाइरहेका छन्, त्यो दुःखद रहेको बताउँदै मुख्यमन्त्री राउतले जहाँ दण्ड छैन, त्यहाँ कानुनको औचित्य हुँदैन । प्रहरीले अपराधीलाई समातेर ल्याए पनि दण्डित गर्ने किसिमले मुद्दा फायल गर्न सकेनौं भने कानुनको औचित्य नरहेको पनि बताउनु भयो ।
‘संविधान संशोधन गरेर बलात्कारीलाई गोली ठोक्ने कानुन बनाउनुपर्छ’ उहाँले कडा शब्दमा भन्नुभयो ।
बलात्कार गर्नेलाई आजीवन कैद गरेर मात्र नहुने र मृत्युदण्ड नै दिनुपर्छ । ‘यस्ता अपराधीलाई त साँच्चिकै सार्वजनिक ठाउँमा गोली ठोक्नुपर्छ । संविधान संशोधन गरेर यो व्यवस्था ल्याउनु अति जरुरी रहेको उहाँको भनाई छ ।
‘सबैभन्दा ठूलो लोकतन्त्र र मानवअधिकारको वकालत गर्ने देश अमेरिकामा त मृत्युदण्ड दिने कानुन छ भने यहाँ किन हुन सक्दैन ?’भारत, चीन, पाकिस्तानसहित धेरै लोकतान्त्रिक मुलुकले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाएको मुख्यमन्त्री राउतले बताए ।
बलात्कारीलाई राजनीतिक संरक्षण गर्न नहुने राउतले बताए ।
‘राजनीतिक दलका मान्छेहरु आफ्ना मान्छेका नाममा अपराधीलाई संरक्षण गरिरहेका छन् ।’
अपराधीहरु आफ्नै नातेदार भए पनि संरक्षण गर्न नहुने मुख्यमन्त्री राउतले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button