अबैध १५ लाख नेपाली रुपैयाँसहित एक भारतीय रौतहटबाट पक्राउ



मेरो प्रदेश सम्वाददाता


अबैध १५ लाख नेपाली रुपैयाँसहित एक भारतीय रौतहटबाट पक्राउ परेका छन् ।

भारतबाट आउँदै गरेका रौतहटको सदरमुकाम गौर नगरपालिका २ महादेवपट्टी स्थित शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट अवैध १५ लाख रुपैयाँ बारामद भएको प्रहरीले जनाएको छ ।

भारत बिहार सीतामढी बस्ने २० वर्षका राजुकुमार कांहार पक्राउ परेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button