सर्लाहीबाट ३ अर्व भन्दाबढीकोे तरकारी निर्यात



रितिक अधिकारी
सर्लाही,
जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६र०७७ मा करिब ३ अर्व भन्दा बढीको तरकारी निकासी भएको छ। लालबन्दी,ईश्वरपुर र हरिवन नगरपालिका लगायतका छिमेकी स्थानिय निकायबाट मात्रै आर्थिक वर्ष २०७६र०७७ मा ३ अर्व १८ करोड २६ लाख ८० हजार १ सय ७० रुपैंयाको तरकारी निकासी भएको हो।
लालबन्दी,ईश्वरपुर र हरिवन नगरपालिका लगायतका छिमेकी स्थानिय निकायबाट स्थानीयले करिब १ हजार बिग्गा भन्दा बढी क्षेत्रमा उत्पादन भएको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृर्षि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।
जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार१ सय ३५ किलो तरकारी बाहिरिएकोमा गोलभेंडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा तथा टमाटर बाहिरिने गरेको कार्यलयले जनाएको छ ।
त्यस्तै पर्वल २५ प्रतिशत,बोडी १० प्रतिशत,सिमी १० प्रतिशत र भिण्डी,काउली,बन्दा,भाण्टा,घिरौला,झिम्नी,लौका,फर्सि,मुन्गा र मुलालगायतका गरि ५ प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यलयले जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ को श्रवण महिनामा ३३ लाख ४ हजार २ सय ५ किलो,भदौ महिनामा ३० लाख ४३ हजार ३ सयकिलो,असोजमा ३१ लाख ३० हजार ६ सय किलो,कार्तिकमा १९ लाख ४५ हजार ६ सय,मंसिरमा ३६ लाख ६५ हजार किलो,पौषमा ८१ लाख ६५ हजार ३ सय,,माघमा ९९ लाख ५२ हजार २सय,फाल्गुनमा ७८ लाख ९५ हजार ९ सय ३० रुपैँया,चैत्रमा १६ लाख ६ हजार ४ सय, बैशाखमा ५८ लाख ६ हजार ५ सय, जेष्ठमा ११ लाख ९९ हजार ३ सय र असार महिनामा ४० लाख ९ हजार ७ सय किलो गरि कुल ११ करोड ९५ लाख ७६ हजार १ सय ३५ किलो तरकारी जिल्ला बाहिर निर्यात भएको कार्यालयले जनाएको छ ।
लालबन्दी,ईश्वरपुर र हरिवन नगरपालिका लगायतका छिमेकी स्थानिय निकायबाट स्थानीयले व्यावसायीक रुपमा उत्पादन गरेको तरकारी काठमाण्डौं,पोखरा,बुटबल,भैरहवा,नारायणघाट,नेपालगञ्ज,हेटौंडा,विरगन्ज,गौर,जनकपुर,सिरहा,रामेछाप,सिन्धुली,सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमा समेत जाने गरेको कृर्षि बजार व्यावस्थापन समिति लालबन्दीका अध्यक्ष दरेश चौधरीले बताउनु भयो ।
तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमा तरकारी खेतीप्रति आकर्षित हुदै आइरहेका छन्। परम्परागत अन्नबाली छोडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीबासीले झन्डै १ हजार विघा भन्दा बढी जमिनमा तरकारी खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।
विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउका साथै खाडी मुलुकमा मजदुरीका लागि जाने युवाहरु पनि अहिले तरकारी खेतीमा रमाइरहेको स्थानीय युवा रमेश अधिकारीले बताए। तरकारी खेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको उनको भनाइ छ । ‘२ दशक अघिसम्म मजदुरीका लागि भारतका विभिन्न ठाउकँ साथै खाडी देशमा मजदुरी गर्न जानुपथ्र्यो’ उनले भने ’अहिले सर्लाहीको तरकारीले देशका विभिन्न सहरमा छाएको छ । गाउमा स्वारोजगार बढेकोे छ। यस सिजनमा तरकारीबाट करिब ३ लाख आम्दानी गर्न सफल भएको अर्का किसान रामपुकार महत्तोले बताउनु भयो । सडक पुगेपछि व्यापारी गाउमै पुगेर समेत तरकारी खरिद गर्ने गरेको अर्का किसान किशोरी महत्तोले बताए ।
यो वर्ष गाउबाटै प्रतिक्रेट २ सय ७५ रुपैया देखि १ हजार ३ सय ७५ रुपैंया सम्मका दरले व्यापारीले तरकारी खरिद गरेको उनको भनाई छ । तर गोलभेंडाको सहरमा गोलभेंडाको उचित मुल्य नहुंदा आफुहरु मारमा परेको किसानहरुले गुनासो गरेका छन । ‘अन्य खेती पातीको जस्तो खासै दुःख पनि छैन, उत्पादन र मूल्य पनि बर्सेनी बढिरहेको छ’ उनले भने ’।
बारीबाटै व्यापारीहरुले सिधै काठमाण्डौं,पोखरा,बुटबल,भैरहवा,नारायणघाट,नेपालगञ्ज,हेटौंडा,विरगन्ज,गौर,जनकपुर,सिरहा,रामेछाप,सिन्धुली,सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमा तरकारी लैजाने गरेका छन्।’ तरकारी उत्पादनबाट गाउमा बर्सेनी ४÷५ करोड रुपैया भित्रिने गरेको भए पनि भण्डारणको व्यवस्था नहुदा समस्या भएको लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कुमार न्यौपाने९सुरेन्द्र० ले बताउनु भयो । ’
गाउका सबै जसोले तरकारी उत्पादन गर्दै आइ रहेका छन्। अर्गानीक तरकारी भएकाले देशका ठूला सहरमा समेत यहँको तरकारी गोलभेँडा टमाटरको माग बढेको वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले बताउनु भयो । ‘तर गाउमा शितभण्डारण केन्द्र नहुदा भण्डारण गर्न नपाएर विक्रि हुन बाकी रहेको तरकारी बारीमै कुहिने अवस्थामा पुग्ने गरेको किसानहरुको गुनासो छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button