तस्करीको काठ, वन कार्यालयकै कर्मचारीको घरमा भेटिएपछी छानबिन सुरु



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–५ स्थित रामजानकी सामुदायिक वनमा गएको जेठ अन्तिम सातातिर तस्करहरुले काटेर छाडेको १० थान सिसौको गोलिया बन उपभोक्ता समूहले बरामद गरी तत्कालै सब–डिभिजन वन कार्यालय लालबन्दीका फरेस्टर मीनबहादुर चौधरीलाई जिम्मामा लगाएपछी उक्त काठ कार्यालयमा नलगी चौधरीले आफ्नो घरमा लगेर राखेको भेटिएपछी डिभिजन वन कार्यालयले आइतबारदेखी यस बिषयमा अनुसन्धान अघि बढाएको छ ।


सामुदायिक वनले बरामद गरी बुझाएको काठ आफ्नै कर्मचारीको घरमा फेला परेपछि डिभिजन वन कार्यालय सर्लाहीले सोमबारबाट छानविन सुरु गरेको हो । फरेस्टर चौधरीलाई तत्कालै विभागीय कारबाहीका लागि सिफारिस गरी घटनाको विषयमा थप अनुसन्धान गर्न अधिकृतस्तरको छानबिन टोली गठन गरिएको डिभिजन वन सर्लाहीका प्रमुख माधव प्रसाद देवले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button