लामो विवाद पश्चात अतिक्रण गरी निर्माण गरिएको जानकी मन्दिरको फुलबारीको पर्खाल भत्काइयो



मेरो प्रदेश सम्वाददाता
लामो विवाद पश्चात अतिक्रण गरी निर्माण गरिएको जानकी मन्दिरको फुलबारीको पर्खाल भत्काइएको छ ।
विश्वप्रसिद्घ जानकी मन्दिर अगाडीको फुलबारीको जग्गा अतिक्रण गरी पर्खाल निर्माण गरिएको थियो ।
सडक विस्तारको क्रममा केहि निजी घर बचाउनका लागि जानकी मन्दिर अगाडीको फुलबारीको जग्गा अतिक्रण गरी पर्खाल निर्माण गरिएको थियो ।
जनकपुरधाम उपाहानगरपालिका ३ का वडाध्यक्ष दीपेन्द्र साहको नेतृत्वमा युवाहरुले नवनिर्मित पर्खाल भत्काएका हो ।
वडा नम्बर ३ ,४ , ७ का वडा अध्यक्षहरु र दर्जनौँ युवाहरुको सहभागिता मा पर्खाल भत्काएका हो ।
यस सम्बन्धमा वडा नं. ३ का वडाध्यक्ष साहले जानकारी दिनुभयो ।
नगरपालिकाका मेयर तथा उपमेयरले सडक विस्तारमा परेको केहि घर बचाउन मन्दिरकै फुलबारीको जग्गा अतिक्रण्मा भएको भन्दै त्यसको विरोध र छानविनको माग गर्दै आएका थिए ।
एकीकृत शहरी विकास परियोजना (एडीबी) अन्तर्गत विकास सडक विस्तारको क्रममा मन्दिरको फुलबारीको जग्गा अतिक्रण भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button