धनुषा जिल्लामा फेरी एक हप्ताका लागि निषेधाज्ञा थप



मेरो प्रदेश सम्वाददाता
धनुषा जिल्लामा फेरी एक हप्ताका लागि निषेधाज्ञाको समयावधि थपगरिएको छ ।
जिल्लामा कोरोना समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयावधि पुनः असोज ४ गते आइतवार राति १२ बजेसम्मका लागि थप गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभर भिडभाड हुने कुनै किसिमको गतिविधि हुन र गर्न नदिने अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका लागि जिल्लाभर निषेधाज्ञाको समयावधि थपिएको धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।
धनुषा जिल्ला स्तरिय कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतवारको निर्णय अनुसार निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जिल्लाभित्र सबै प्रकारका निजी सवारी साधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय गरिएकोे प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
यस्तै किराना पस, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला प्रशासनले जारी गरेकोे सूचनामा सब्जीमण्डी, जिमखाना, सिनेमा हल,सैलुन, ब्युटीपार्लर, हटिया, पार्टीप्यालेस तथा सपिङ मलहरु बन्द राख्ने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button