महोत्तरीमा आकाशे वर्षाकै भरमा धान रापेका किसान हरु खुशी



राधा कृष्णा शर्मा ,


बर्दिवास महोत्तरी

आकाशे वर्षाकै भरमा धान रापेका किसान हरु खुशी भएका छन् । अहिले भइरहेको वर्षाले सुक्ने अवस्थामा पुगेको धान बालीलाई ठूलो राहत भिएको छ । केही साता राकिएको पानि परे पछि आकाशे वर्षाको भरमा खेति गरेका  महोत्तरी सहित सर्लाही, धनुषाका  किसान खुशी भएका हुन् । सिँचाईको समस्या भएका ठाउमा  तत्काललाई धान लाई राहत भएको धनुषा मिथिला नगरपालिकाका किसान नागेन्द्र ठाकुरले बताउनु भयो । मलखादको अभाव भने कायमै रहेको  किसानहरुले गुनासो गरेका छन् । वर्षाले साथ दिँदा यो वर्ष महोत्तरी मा धान खेती हुने सबै जग्गामा रोपाइँ भएको छ। यस बर्ष धानको उत्पादमा पनि बढ्ने किसानहरुले अनुमान  गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button