समुदायकै २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछी हरिपुर नगरपालिका १५ दिनसम्मको लागि सिल



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको हरिपुरमा मङ्गलवार समुदायकै २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछी हरिपुर नगरपालिका १५ दिनसम्मको लागि सिल गरीएको छ ।
नगरपालिकाले मङ्गलवार सूचना जारी गर्दै नगर क्षेत्र भित्रका अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरू १५ दिनसम्मको लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिए ।


नगरपालिकाले नगर क्षेत्र भित्र थप संक्रमण फैलिन नदिन औषधी र ग्यास बाहेकका अन्य सबै प्रकारका पसलहरू, दैनिक तथा साप्ताहिक रूपमा लाग्ने हाट बजारहरू, बैङ्क तथा वित्तीय संस्थाहरू, बिमा कम्पनीका शाखा तथा उपशाखा कार्यलयहरु, सबै प्रकारका उद्योग तथा कलकारखानाहरू, अत्यावश्यक बाहेक सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू र कार्यालयहरूबाट उपलब्ध हुने सेवाहरू हरिपुर नगरपालिका क्षेत्रभित्र भदौ २ गतेदेखि लागु हुने गरी भदौ १७ गतेसम्म १५ दिनको लागि पूर्ण रूपमा बन्द गरिएकोे ।
बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button