महोत्तरीको बर्दिवासमा (आज) थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिवासमा मंगलवार (आज) थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बर्दिवास नगरपालिका वडा नम्बर ४ मा रहेको क्ष्न्न्मिस्ता ससस्त्र प्रहरी बल बाहिनीका २२ बर्षका एकजना पुरुष र वडा नम्बर २ का २३ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको बर्दिवास नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक रामबाबु यादबले बताउनु भयो । वहाँका अनुसार गत साउन २७ गत्ते गरीएको पिसिआर परिक्षणमा ति दुई जनामा कोरोना संक्रमण पुस्टि भएको हो । संक्रमित दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित २२ वर्षीय युवकको क्ष्न्न्मिस्ता ससस्त्र प्रहरी बल बाहिनीमा र अर्का २३ बर्षका एकजना पुरुषको उपचारकालागी बर्दिवास जनसेवा अस्पतालको आईसोेलेसनमा राखिएको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडा् अध्यक्ष चुडामणी पोखरेल (ऋषी) ले जानकारी दिनु भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button