महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयाे



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।


ज्यान जानेमा एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

जलेश्वर–रौजा सडकखण्डमा गए राति ज११प १३८६ नम्बरको मोटरसाइकल चढी धमौराबाट बनौटातर्फ जाँदै गरेका ठाकुरको मोटरसाइकल बलवा नपा–८ स्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै ज्यान गएको होे । ठाकुरको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button