महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा केही दिनयता सर्पको बिगबिगी



मेरो प्रदेश सम्वाददता


महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । पछिल्लो साउन महिनामा मात्रै सर्पदंश उपचार केन्द्र बर्दिवासमा ४० वटा सर्पदंशका विरामी आएको छ । विषालु सर्पले डसेर १५ दिन भित्रमा महोत्तरीमा दुई जनाको मृत्यु भएको छ ।
हिजो आज महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको अत्याधिक आउन थालेको छ ।
सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाका अनुसार साउन महिनामा नै ४० सर्पदंश घटनाका बिरामी उपचारबाट निको भएर घर फर्केका छन् ।
महोत्तरीको बर्दिवास नगरपालिकाका केहि वडामा सर्पको ‘खानी’ नै भएको यहाँको स्थानियले बताउछन । हिजो आज जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सापले धेरै मानिस लाई टोकने गरेको पाइएको छ
महोत्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरा लगायत विष नभएका तथा गोमन, करेत, भाइपर सुगासाप लगायतका विषालु सर्पले टोकेका बिरामी धरै आउने गरेको केन्द्रले जनाएको छ ।
यस क्षेत्रमा धेरैजसो घाँस काट्न खेतबारीमा गएका बेला तथा राति शौचालय जाँदा सर्पले टोक्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button