महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी



मेरो प्रदेश सम्वाददाता
महोत्तरीमा १० दिनको लागि निषेधाज्ञा घोषणा गरिएको छ । कोरोना समुदाय स्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले गए राति १२ बजेदेखि भदौ १० गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार कोरोना जोखिम बढेपछि गए रातिदेखि जिल्लाका सबै गाउँपालिका र नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरीएको हो ।
निषेधाज्ञा जारी गरिएका ठाउँमा अत्यावश्यक सेवाका साधन, औषधि उपचार र खाद्यान्न वाहेक सबै बन्द रहने छ ।
जिल्लाको १५ वटै स्थानीय निकाय नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखसँगको छलफलपछि जिल्लाभर निषेधाज्ञा जारी गरीको प्रमुख जिल्ला अधिकारी कटुवालले बताउनु भयो ।
अतिआवश्यक पसलहरु मास्क, सेनिटाइजर, ग्लब्सको प्रयोग र समाजिक दुरीको पालना गरी बिहान ९ बजेसम्म मात्र खुल्ने उहाको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button