नेपालमा थप ४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
नेपालमा थप ४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
पोखराको वडा नम्बर १६ दीपमा बस्ने ८७ वर्षका पुरुषको आज बिहान ज्यान गएको हो।
त्यस्तै तनहुँ ब्यास १ की ५० वर्षकी महिलाको गएराति ज्यान गएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ज्यान गुमाएकी तनहुँकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो भने पोखराका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचार भैरहेको थियो ।
यस्तै ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
यसैगरी बाँकेको नेपालगञ्ज उप महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको पनि नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button