जनकपुरमा कोरोनाबाट थप एकजनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
धनुषामा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएकोे छ । योसंगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने प्रदेश २ मा ४६ जना संक्रमृतको मृत्यु भएको छ ।
श्वासप्रश्वास, रुघाखोकी जस्ता समस्याले ग्रसित संक्रमित पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले जानकारी दिए ।
प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचार भइरहेका धनुषाको धनौजी गाउँपालिका ३ का ६५ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो ।
उनी साउन ३१ गते अस्पताल भर्ना भएका थिए ।
दमा रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वास समस्या तथा रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर चेक गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button