सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना सङ्क्रमण



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
सिन्धुलीमा आज एकैदिन १३ जनामा कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामास्वाब संकलन गरेर परिक्षणका लागि पठाईएको १८८ जना मध्ये १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


विदेशबाट आएर भुसंरक्षणको कार्यालयमा रहेको क्वारेन्टाईनमा रहेका ७ जना, क.न.पा.–७ का एक जना, पर्यावरण गण रानिवासका २ जना सैनिक, एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी र कन्ट्रयाक ट्रेसिङमा परेर क्वारेन्टाईनमा रहेका ३ जनामा कोरोना पुष्टि भएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले बताए । यसैगरी सिन्धुली अस्पतालमा वेड अभाव भएपछी उपचारका लागि समस्या भएको छ ।

सिन्धुली अस्पतालमा रहेको १४ आईसोलेसन वेड मध्ये १० वटा वेड मात्र खाली भएकाले अन्य संक्रमितलाई व्यवस्थापन गर्न एपोलो अस्पतालमा व्यवस्थापन गरिने स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button