रौतहटमा १५ राउण्ड हवाइ फायर



मेरो प्रदेश सम्वाददाता
रौतहट
तस्करले भारतबाट ल्याउदै गरेको अवैध राँगा भैंसी नियन्त्रणमा लिन रौतहटमा प्रहरीले हवाइ फायर गरेको छ । कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न सीमा नाकामा प्रहरीले कडाइ गरेको बेला रौतहटमा तस्कर समुहले भारतबाट अवैध रुपमा राँगाभैंसीलगायत विभिन्न् वस्तुको निर्वाध तस्करी गरिरहेका छन् । भारतीय सीमा संग जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटो भएर ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए । तस्करहरुले प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँछ भन्ने थाहा पाएपछि स्थानीयले अवरोध गरेका थिए । अबरोधकै क्रममा


स्थानीय वासिन्दा र भैंसी व्यापारीले प्रहरीमाथी ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर गरेको हो। स्थानीयसँगको झडप हुँदा तस्कर समूहले राँगा भैंसी धपाउदै अन्यत्र लगेकोले प्रहरीले फेला पार्न नसकेको खड्काको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button