समुदाय स्तरमा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि चन्द्रपुर बजार पुरै सुनसान



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटको चन्द्रपुरको मुख्य ब्यापारिक केन्द्रमा नै समुदाय स्तरमा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि


चन्द्रपुर बजार पुरै सुनसान देखिएको छ । गत शनिबारदेखि रौतहट जिल्लामा निषेधाज्ञा जारी गरेको भए पनि चन्द्रपुरका स्थानीयले अटेर गर्दै हिजो साझसम्म घर बाहिर घुम्न निस्कने गरेका थिए । तर समुदायमै कोरोना संक्रमित भेटिएपछी चन्द्रपुरका स्थानीयमा त्रास उत्पन्न भएको छ । चन्द्रपुर नगर क्षेत्रका नागकिहरु आज भने बिहानैदेखि चोक बजारमा देखिएका छैनन् ।

चन्द्रपुर चोक बजार लगायतका क्षेत्र अहिले सुनसान छ । ब्यावसाय गर्दै आएका ब्यापारीहरु पनि आज बजार क्षेत्रमा कोही देखिएका छैनन । सुरक्षा निकायका खटिएका प्रहरीहरुले पनि कडाइका साथ गस्ति गरिरहेका छन् ।

चन्द्रपुरको कोरोना सङ्क्रमित क्षेत्रमा नागरिकलाई अन्य गाउँ टोलमा समेत आवत जावत गर्न कडाइ गरिएको छ । चन्द्रपुर—३ गैडाटार प्रबेशमा समेत निषेध गरिएको छ ।

गैडाटार प्रबेशद्धार चादी नदीमा अस्थायी प्रहरी पोष्ट गैडाटारका प्रहरीहरु तैनाथ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button