बिक्रीको लागि ल्याएको पेस्तोलसहित सुजित यादव पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा


बिक्रीको लागि ल्याएको पेस्तोलसहित सुजित यादव पक्राउ परेका छन्।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ३ निवासी २१ वर्षीय यादवलाई हतियारसहित जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० बाह्रबिघाबाट प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

कालो रंगको प्लाष्टिकको झोलामा चिनीभित्र लुकाई राखेको ४.५ लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन एक थानसहित यादवलाइ नियन्त्रणमा लिएको हो।

जनकपुरधाममा निषेधाज्ञा जारी भएकै समयमा हतियार बेच्न आएका यादवलाई प्रहरीले गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको बताइएको छ। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको र पेस्तोल खरिद गर्न खोज्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button