बारामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
बारा
बारामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
परिचय नखुलेका करीब ३१ बर्षको जस्तो देखिने युवक सवार मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा भएको हो ।


पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा आज बिहान सो दुर्घटना भएको हो ।

लङ्गडा चोकबाट पश्चिमतर्फ जाँदै गरेको ना ३४ प ३४०० नम्बरको मोटरसाईकल तीव्र गतिमा आफै अनियन्त्रित भई राजमार्गमा रहेको डोरा पुल (कल्भर्ट) को भित्तामा ठोकिएर खोलामा खस्दा मोटरसाइकलको अगाडीको भाग पुर्णरुपमा क्षतिग्रस्त भएको र युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। मृतक युवकको शव परीक्षणको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button