पर्सामा आज एकैदिन थप ७५ जनामा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणको क्रममा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।


हिजो बिहान मृत्यु भएकी वीरगञ्ज महानगरपालीका वडा नम्बर–२ छपकैया निवासी २० वर्षीया मृतक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

थपिएका संक्रमितमध्ये १५ जना महिला रहेका छन् । कन्ट्रयाक्ट ट्रेसिङमा परेका ३० जना, मध्ये आफैं जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकल शाखाका कर्मचारी ५ जना, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरी जवान, ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, २ जना, क्वारेन्टिनमा बस्दै आएका, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एकजना रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button