लहान नगरपालिकामा आज राती १२ बजे देखि ९ दिनका लागी लकडाउन गरीने



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहाको लहान नगरपालिकामा आज राती १२ बजेदेखिलागु हुँनेगरी ९ दिनका लागी लकडाउन गरीने भएको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जना सहित नगर क्षेत्रका २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ ।


छिमेकी जिल्ला सप्तरीमा तीव्र रूपमा सङ्क्रमण फैलिरहेको कारण नगरपालिका कार्यपालिकाको आपत्कालिन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ ।

निषेधाज्ञा अबधिभर चिया पसल, हाट बजार, होटेल तथा रेस्टुरेन्ट, ठेला गाडा पूर्ण रूपमा बन्द हुने जनाइएको छ ।

राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पूर्ण रूपमा रोक लगाइएको लहान नगरपालिकाका सूचना अधिकारी संजय साहले बताए ।

सो समय भित्र नगर क्षेत्र भित्रका आम उपभोक्तालाई सरसामान खरिद गर्न बिहान ८ बजे देखी बिहान ११ बजे सम्मका लागि पसल खुल्ला गर्ने सूचना अधिकारी साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button