महोत्तरीमा विद्युतीय धरापमा परेर एक बालकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा विद्युतीय धरापमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका ५ पोखरभिण्डाका १३ वर्षीय नितेश यादव रहेका छन् ।


कुखुरा फार्ममा जंगली जनावर नपसून् भनेर स्थानीय फार्म सञ्चालक कपीलदेव यादवले थापेको विद्युतीय धरापमा परी करेन्ट लागेर गम्भिर घाईते भएका उनका छोरा नितेश यादबलाई उपचारका लागि जनकपुरतर्फ लईजाने क्रममा बाटोमा नै
मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

मृतकको शवलाई घरमा ल्याएर राखेको प्रहरीले थाहापाएपछी प्रहरी टोली घरमा पुगेर शवलाई जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button