किन खाने क्वाँटी, के छन् फाइदा ? यस्तो छ पकाउने विधि



मेरो प्रदेश सम्वाददाता


महोत्तरी

जनै पूर्णिमामा मान्यजनबाट जनै तथा डोरो लगाउने परम्पररा रहेको छ । जनै पूर्णिमालाई क्वाँटी खाने पर्वका रुपमा पनि लिने गरिएको पाइन्छ ।

यो पर्बमा गेडागुडीलाई भिजाएर टुसाएपछि क्वाँटीको रुपमा पकाएर खाने चलनपनी रही आएको छ ।

क्वाँटी खाँदा स्वास्थ्यलाई विशेष किसिमको फाइदा हुने हुँदा ९ किसिमका गेडागुडी मिसाएर बनाइने क्वाँटीको सेवनले शरीरको पाचन प्रणालीलाई सक्रिय बनाउने पोषणविद्हरूको भनाई रहेको छ ।

क्वाँटी खाँदा फाइदा 

ज्वरो, रुघाखोकी लगायतलाई दूर भगाउन
पाचन प्रणाली तन्दुरुस्त राख्न
रोग प्रतिरोधात्मक शक्ति बढाउँछ
कमजोरीपना हटाउन सहयोग गर्छ
रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा गर्छ,
कब्जियतको समस्या हटाउँछ

 क्वाँटीको रस बनाउने तरीका

चाहिने सामाग्री तेल ३ चिया चम्चा, अदुवा लसुन एक चिया चम्चा, प्याज काटेको एक पिस, धनिया काटेको आधा मुठा, गरम मसला मिक्स होल ५ ग्राम, नुन स्वाद अनुसार, गोल्भेडा काटेको २ पिस, गरम मसलाको धुलो आधा चिया चम्चा, हरियो खुर्सानी ३ पिस, जीरा धनियाँको धुलो आधा चिया चम्चा, भेज स्टक या तातो पानी डेढ लिटर मिक्स गेडागुडी भिजाएर उमारेको आधा केजी,

 पकाउने विधि
प्रेसर कुकर राम्ररी तताएर तेल हाल्नुस र गरम मसला, तेज पात अदुवा लसुन हालेर प्याज खन्याउनुस । प्याज खैरो हुनासाथ उम्रेको गेडागुडी हाल्दिनुस र साथमा गोल्भेडा, मसला खुर्सानी र नुन हाली चलाउनुस र पानी या स्टक हालेर उमाल्नुस र प्रेसर कुकर लक गरेर ३ या ४ सिठ्ठी लगाउनुस । अन्तमा धनियाँ हालेर भुजासँग या त्यतिकै सुपको रुपमा खाना सकिन्छ । एवं तवरमा राजमा, केराउ या कुनै पनि गेडागुडीको रस घरमै सहज रुपमा तयार गरेर खान सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button