महोत्तरीको सदरमुकाम जलेश्वरमा निषेधाज्ञा जारी



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको सदरमुकाम जलेश्वरमा निषेधाज्ञा जारी गरिएको छ।
सदरमुकाम जलेश्वर नगर भित्र अतिआवश्यक सेवा बाहेक सम्पूर्ण सेवाबन्द गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्देशन दिएको हो।


स्थानिय प्रशासन ऐन २०२८ को उपदफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम शुक्रवार राति ११ बजे देखि लागुहुने गरि ५ दिनको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा जलेश्वर नगरपालिकाको पूर्वमा भार्गेश्वर, पश्चिममा रा.बि.म. क्याम्पस, उत्तरमा प्रकौली चौक, दक्षिणमा धबौलीको रातो पूल सम्म र महोत्तरी गाउँपालिका वडा नं. ३ र ५ मा जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए।

जिल्लामा कोरोना संक्रमण बढदै गएको र कोरोनाको कारण एकजनाको मृत्यु समेत भइसकेको महोत्तरीमा हाल सम्म ८ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने कोरोनाका कारण एकजनाको ज्यान गईसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close