न्यायाधीशमा कोरोना संक्रमण भएपछी आजदेखि जनकपुर उच्च र धनुषा जिल्ला अदालत बन्द



मेरो प्रदेश सम्वाददाता
धनुषा
उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि आजदेखि साउन ३१ गतेसम्मको लागि निश्चित कामकारबाही बाहेक अदालतका अन्य सबै सेवा बन्द भएको छ ।


जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषाको निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु आजदेखि बन्द भएको हो । साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको प्रादेशिक प्रयोगशाला जनकपुरमा स्वाब परीक्षण गर्दा एकजना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको थियो ।

न्यायाधीशको रिपोर्ट पोजेटिभ आएपछी बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोशिएसनको संयुक्त छलफले सोे निर्णय गरेको हो ।

अदालतले लकडाउमा प्रदान गर्दै आएको निश्चित कामकारबाही बाहेक अन्य कामकारबाही शुक्रबारदेखि साउन मसान्तसम्मको लागि स्थगन गर्ने निष्कर्शसहित सर्वोच्च अदालतलाई अनुरोध गर्ने निर्णय गरको जनाइएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका विज्ञ डाक्टरका अनुसार कोरोना संक्रमण तिब्रगतिमा फैलिरहेकोले सुरक्षित र सावधान रहनु पर्ने रायसुझावलाई मनन गरी छलफलबाट उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाका निश्चित कामकारबाही बाहेक सबै साउन मसान्तसम्मको लागि बन्द गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close