जलेश्वर नगरपालिकाको अत्यावश्यक कामकाज बाहेक सम्पुर्ण सेवाहरु बन्द



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको जलेश्वर नगरपालिकाले सूचना जारी गर्दै बिहीबारदेखि कार्यालयका अत्यावश्यक कामकाज बाहेक सम्पुर्ण सेवाहरु बन्द गरेको छ । बढ्दो कोरोना भाइरसको त्रासका कारण जलेश्वर नगरपालिकामा अत्यावश्यक कामकाज बाहेक सम्पूर्ण कार्यहरु बिहीबारदेखि बन्द गरिएको हो ।नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण कामकाज बन्द गरेको नगरप्रमुख रामाशंकर मिश्रले बताए । नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिनका लागि नगरवासीलाइ सचेत भएर बस्न समेत आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button