पर्सामा कोरोनाबाट थप एक जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साका थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।


वीरगञ्जस्थित नारायणी अस्पताल, अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचार गराइरहेका एक पुरुष संक्रमितको मृत्यु भएको हो ।

वीरगन्ज वडा नम्बर ७ निवासी ६८ वर्षका ति पुरुष गत बुधबार अस्पतालमा भर्ना भएका थिए । एक हप्ताको उपचारपछि उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए।
यो सहित पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button