प्रदेश २ को सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।


सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सामाजिक विकास मन्त्रालयका सवारी चालक, कार्यालय सहयोगी र स्टोर किपर रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button