महोत्तरीमा आइसोलेसन र शव व्यवस्थापनमा खटिएका १० सैनिक सङ्क्रमित



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
कोरोनाबाट मृत्यु भएका मृतकको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका १० जना नेपाली सेना र दुई शिक्षकमा कोरोना सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, महोत्तरीका कोभिड १९ का फोकलपर्सन गिरेन्द्रकुमार झा का अनुसार जिल्लामा पछिल्लो पटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको होसंक्रमण हुनेमा १० जना सैनिक, दुई जना शिक्षक र एक जना सर्वसाधारण रहेका छन ।


केही दिनअगाडि मात्रै महोत्तरीको महोत्तरी गाउँपालिका वडानं. ३ का एक पुरुषको कोरोनाबाट उपचारको क्रममा धरानमा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना सङ्क्रमित देखिएको श्रोत ब्यक्ती झाले जानकारी दिए। संक्रमित सेनालाई बर्दिवास नगरपालिका स्थित किसान नगरमा रहेको मध्य पुर्बी पृतनामा राखिएको छ ।

त्यसैगरी, जिल्लामा दुई शिक्षकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । एकजना माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन। उनी केही दिनअगाडि मात्रै वीरगञ्जबाट आएका थिए भने अर्का शिक्षक सिन्धुपाल्चोकबाट आएका हुँन । त्यसैगरी भारतबाट आएका बलवाका एक जनामा समेत कोरोना पोजिटिभ देखिएको फोकलपर्सन झाले बताए ‘योसहित अहिलेसम्म जिल्लामा आठ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लामा कोरोनाबाट मृत्यु भएका महोत्तरी गाउँपालिका वडानं. ३ मा कन्टयाक्ट ट्रेसिङ गर्दा मृतकका पत्नी र छोरासहित सात जना कोरोना पोजिटिभ फेला परेका छन । यहाँ ४२ जनामा गरिएको परीक्षणमा सात जनामा कोरोना पोजिटिभ देखिएको सो वडामा एक हप्ताको लागि औषधी पसलबाहेक सम्पूर्ण पसल, हाटबजार बन्द गरिएको छ ।

यसैबीच, जिल्ला स्तरीय कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लामा ९५ वटा क्वारेन्टाइनबाट १२ वटामा झरेको भन्दै हरेक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्वारेन्टाइनमा बसेको तर पीसीआर जाँच नभएकालाई अनिवार्य रुपमा पीसीआर गराउने निर्णयका साथै पीसीआर भएकाहरूलाई यथाशीघ्र आइसोलेसनमा ल्याउने निर्णय गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button