माक्स नलगाई हिड्नेलाई सिन्धुलीमा कारबाही



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
माक्स नलगाई हिड्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कारबाही गरेको छ । सदरमुकाम सिन्धुलीमाढीका विभिन्न ठाँउमा माक्स नलगाई हिडेका १ सय ४६ जना महिला र पुरुसलाई जरिवाना गरेको हो ।


माक्स जरिवानाबाट सिन्धुलीमा ९ हजार १ सय ५० रुपैया राजश्व संकलन भएको प्रहरीले जनाएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले माक्स नलगाई अटेर गर्ने व्यक्तिलाई सङक्रमण रोग ऐन २०२० अनुसार जरिवाना गरेर सम्झाई, बुझाइ छाडेको बताऐ । भिडभाडमा जाँदा माक्स लगाउन जनचेतना जगाउने उद्देश्यले जिल्लामा मास्क लगाउँ अभियान सुरु गरीएको उनको भनाई छ । जिल्ला सदरमुकाम सिन्धुलीमा कारवाहीको पहिलो दिन हिजो निःशुल्क माक्स बितरण गरेर जनचेतना जगाउने काम भएको थियो ।

आज पनि सदरमुकाम सिन्धुलीमाढी बजारको विभिन्न ठाँउका मानिसलाई निःशुल्क माक्स बितरण गरिएको छ । यसैबीच,कोरोनाको महामारीका कारण सरकारले लगाएको लकडाउन अन्त्य भएसंगै सिन्धुलीमा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button