जलाउन लागेकोवृद्धको शव प्रहरी नियन्त्रणमा



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको बटेश्वर गाउँपालिकामा जलाउन लागेको एक वृद्धको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
बटेश्वर गाउँपालिका २ भुचक्रपुर निवासी ८० वर्षीय राम बिलास ठाकुरको शव बडहरी खोलामा जलाउन लगिएको अवस्थामा
चिताबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । ठाकुरलाई कुटपिट गरी हत्या गरेको आशंकामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएको बताईएको छ । शुक्रवार राती लडेर गम्भीर घाइते भई उपचारको लागी नजिकै रहेको किल्निकमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको ठाकुरको परिवारिक श्रोतले जानाएकोे छ ।
तर, जलाउँदै गरेको ठाकुरको जिउमा निल डाम र टाउकोमा रगत जमेको हुँदा मृत्यु शंकास्पद भएको भन्दै पोष्टमार्टम पश्चात मात्रै अन्तिम सँस्कार गर्न दिने प्रहरीले जनाएको छ ।


ठाकरको शवलाई पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुर पठाईएको र घटना समबन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button