राजविराजमा अनिश्चितकालिन निषेधाज्ञा जारी



मेरो प्रदेश सम्वाददाता
सप्तरी
राजविराज नगरपालिकामा कोरोना संक्रमण समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले नगर क्षेत्रमा बिहीबारदेखि अनिश्चितकाल सम्मकालागी निषेधाज्ञा जारि गर्ने निर्णय गरेको छ ।


जिल्ला सदरमुकाम राजबिराजमा अज बसेकोे जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ५ बजेदेखि लागु हुँनेगरी नगरक्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य ले बताए । निषेधाज्ञा उलंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने समेत एक सूचना मार्फत जानकारी गराइएको छ । जारि गरिएको निषेधाज्ञ सूचनामा राजविराज नगरपालिकामा कोरोना संक्रमणले एक जनाको मृत्यु तथा हालसम्म ४ सय ४ जनामा संक्रमण देखिएकाले समुदायमा कोरोना फैलिन नदिन निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका भरी जारी निषेधाज्ञाको पालना गर्न समेत सूचना मार्फत आग्रह गरिएको छ । यस अवधीमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थालहरुमा अनावश्यक आवतजावत, हिडडुल नगर्न समेत सचेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button