महोत्तरीमा १ वर्षमा भएको १ सय ७४ सवारी दुर्घटनामा ४६ जनाले ज्यान गुमाए



मेरोप्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा १ वर्षमा भएको १ सय ७४ सवारी दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ३१ पुरुष, १० महिला र ५ बालबालिका रहेका छन् । आव २०७६÷७७ को असार मसान्त सम्ममा साना तथा ठूला दुर्घटनामा परी ९५ जना गम्भिर घाइते भएका छन् भने ७३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको तथ्याँकमा छ ।
सबैभन्दा बढि दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर रहेका छन्, त्यसपछि कार जिप, ट्रक ,ट्याक्टर, भ्यान, टेम्पो र सबभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस, रहेको छ । दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, सडकमा छाडा चौपाया छाडनु, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमताभन्दा बढी यात्रु तथा माल सामान बोक्नु सवारी दुर्घटनाको कारण रहेकोे कार्यालयले जनाएको छ ।
यसैगरी दुर्घटना गराउने सवारीका चालक १६ वर्षदेखि २५ वर्ष उमेरका ५३ जना र २५ वर्षदेखि ४० वर्ष उमेरका १ सय ३२ र ४० बर्ष भन्दा माथी उमेरका २० जना रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button