कर्मचारीसँगको विवादपछि मेयर, बेहोस भएर ढले ,उपचार हुँदै



मेरो प्रदेश सम्वाददाता
धनुष
कर्मचारीसँग विवाद भएपछि गणेशमान चारणाथ नगरपालिकाका मेयर रामबाबु यादव ब्लड प्रेसर हाई भएर लडेपछि अस्पताल भर्ना भएका छन ।
कार्यालयमै कर्मचारी र मेयर यादवबीच बिवाद भएपछी अचानक बेहोस भएर लडे्पछी मेयर अस्पताल भर्ना भएका हुँन । लडे लगत्तै उनलाई सिरहाको फुलकुमारी महतो मेमोरियल अस्पताल लगेर उपचार गराइएको कर्मचारी स्रोतले जनाएको छ। सामाजिक सञ्जालमा मेयर यादव अस्पतालमा उपचार गराइरहेको तस्विर सार्वजनिक भएपछि घटना बाहिएको हो।


खोजकेन्द्र फेसबुक पेजका अनुसार यादवलाई कार्यालयमै केही कर्मचारीले कुटपिट गरेकोले मेयर अस्पताल भर्ना। थप आउन बाँकी !’ भनिएपनी कार्यालयमा भने कुटपिट जस्ता घटना नभएको बताइएको छ । मेयरका आफन्तका अनुसार कर्मचारीले कुटेर घाइते भई अस्पताल भर्ना भएको कुरा झुठो हो। कर्मचारीसँग भनाभन भएपछि उच्च रक्तचापका कारण घटना आइतबार साँझ
मेयर कार्यालयमै ढलेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button