जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाराका सव-इन्जिनियर घुससहित पक्राउ



मेरो प्रदेश सम्वाददाता
बारा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाराका सव इन्जिनियर गजेन्द्रप्रसाद जैसवाललाई घुससहित पक्राउ गरेको छ ।
जैसवालले घुस मागेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


नदी तटबन्धको जाली लगाउने कार्यको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार घुस लिईएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

घुस रकम लिएर आफूसँगै रहेका चन्दन जैसवाललाई दिएर भाग्न खोज्दा दुवै जनालाई कलैया नगरपालिका–४ बाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

घटनाको बिषयमा अनुसन्धान भइरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button