महोत्तरी गाउँपालिकामा स्थानीयले सडकमै रोपे धान



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा स्थानीयहरुले सडकमै धान रोपेर बिरोध जनाएका छन । गाउँपालिकाको वडा नं. २ अनैठा गाउँबाट महोतरी स्कुल जाने गाउँको सडक मर्मत सम्भारमा स्थानिय सरकारले ध्यान नदिएको भन्दै गाउँपालिका अध्यक्ष सुनिल राय र वडाअध्यक्ष गांगा यादवको विरोधमा गाउँलेहरुले आइतबार सडकमै धान रोपेर बिरोध जनाएका हुँन ।

गाउँपालिका अध्यक्ष अन्य जनप्रतिनिधिहरुले विकास निर्माणको काम सुस्त गतिमा गरेको र आबश्यक सडक निर्माण गर्नुको सट्टा चौरको बाटो बनाएका कारण बर्षा याममा सडक हिलाम्य भएर आवत जावतमा समेत समस्या भएको र गाउँमा बिजुली, सोलार नभएको स्थानीयकोे दुखेसो छ ।

तत्कालै सडक मर्मत नगरे वडा कार्यालय र गाउँपालिकामा समेत बिरोधमा उत्रिने स्थानीयहरुले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button